•  १० मंसिर २०८१, सोमबार
  •  10:39:35 AM

इटहरीको मुख्य चौकबाट बेवारिसे बच्चा र आमाको उद्धार : प्रहरीले पुर्यायो माया घरको शरणमा

- श्रावण १६, २०७९ मा प्रकाशित



इटहरी । इटहरीको मुख्य चौक आसपासबाट बेवारिसे अवस्थामा भेटिएका एक नवजात शिशु र आमालाइ प्रहरीले उद्धार गरी माया घर नेपाल पुर्याएको छ । हेर्दा मधेसि मुलका देखिने महिलाको मानसिक स्वास्थय ठिक नभएको र बच्चा जन्माएर भुइमै छोडेर लडेको अवस्थामा प्रहरीले फेला पारी इटहरीको माया घरको जिम्मा लगाएको हो ।

बच्चा कहिले जन्मिएको हो सो केहि नखुलेपनि शरिर भरी बालुवा लागेको अवस्थामा प्रहरीले यहा ल्याएको र ससरसफाइ पछि न्यानो कपडाले बेरेर राखिएको माया घर नेपालकि सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो । बच्चाको आमाको भने मानसिक स्वास्थ्य खराब देखिएकोले उनको उपचार भइरहेको सचिव प्याकुरेलको भनाइ छ ।

अहिले आमा र बच्चा दुवै माया घर नेपालको शरणमा रहेका छन । सडक मानवमुक्त बनाउने अभियान सहित बिभिन्न सामाजिक काममा सकृिय देखिएको माया घर नेपालमा हाल ११४ जना अशक्त , मानसिक रोगी तथा सडक मानवहरूले आश्रय लिदै आएका छन । 

Comments

सम्बन्धित खवर