इरानमा बाढीको बितण्डा, ५९ जनाको ज्यान गयो, ३० जना बेपत्ता
- श्रावण १५, २०७९ मा प्रकाशित
एजेन्सी । अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् ।रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् ।
हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको छ ।
राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घसङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
-
ताजा मंसिर ९, २०८१धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
Comments