•  १० मंसिर २०८१, सोमबार
  •  9:35:49 AM

खाेटाङकाे जन्तेढुंगामा छिमेकिबाटै बालिका बलात्कृत : गाउमै मिलापत्र गराउने प्रयास असफल भएपछि…

- श्रावण १५, २०७९ मा प्रकाशित



खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव वान्तवा राई विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ । मावली घरमा बसेर कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया एक बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबीसहित अभियुक्त राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो । 

पूजामा छिमेकीको घर गएको बेला २९ चैत २०७८ राति ‘हिँड मेरो घर जाउँ’ भनेर आफू सुत्ने कोठामा लगेर पहिलोपल्ट जबरजस्ती करणी गरेका अभियुक्तले ‘कसैलाई भने वा उजुरबाजुर गरे मारिदिने’ धम्की दिएकाले घटना बारे तत्काल कसैलाई नभनेको पीडितको जाहेरीमा उल्लेख छ । 

त्यस यता पटक–पटक जवरजस्ती करणी गरेका आरोपितले पुनः ३० असार २०७९ मा जबरजस्ती गर्ने प्रयास गर्दा भागेर शौचालयमा चुकुल लगाएर बसेर बचेको पीडित बालिका बताउँछिन् । 

रक्सी सेवन गरेर ‘मसँग हिँड’ भनेपछि अस्वीकार गर्दा हातपात गर्न खोजेपछि शौचालयमा लुकेकोको अवस्थामा शौचालय बाहिर बसेर ‘छिटो निक्ली’ भन्दै कुरेको बेला अन्य स्थानीय आएपछि प्रतिवादी घर गएको जाहेरीमा भनिएको छ । 

घटना सार्वजनिक भए लगत्तै पीडित पक्षले गएको ५ साउनमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय चिसापानी, जन्तेढुंगामा जाहेरी दिएका थिए । तर इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिन भनेपछि जिल्ला प्रहरी कार्यालय पुगेर राईविरुद्ध जाहेरी दिइएको हो ।

‘मिल्न’का लागि दबाब दिँदै आएका आरोपित प्रहरीमा जाहेरी परे लगत्तै फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए । 

Comments

सम्बन्धित खवर