भारतीय वायुसेनाको मिग-२१ विमान दुर्घटनाग्रस्त, दुई पाइलटको मृत्यु
- श्रावण १३, २०७९ मा प्रकाशित
राजस्थान । भारतीय वायुसेनाको मिग-२१ लडाकु विमान राजस्थानको बारमेर जिल्लामा बिहीबार राति दुर्घटनाग्रस्त भएको छ ।समाचार एजेन्सी पीटीआईले बारमेरका जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै भने कि घटना जिल्लाको बैतुको भीमदा गाउँ नजिकै भएको थियो । एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए ।
वायुसेना प्रमुखले यस घटनाको बारेमा रक्षामन्त्रीलाई जानकारी दिएका छन् । विमानमा दुई जना पाइलट सवार रहेको बताइएको छ । पीटीआईका अनुसार यस दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ । एएनआईका अनुसार वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
-
ताजा मंसिर ९, २०८१धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
Comments