एक सय सिट कांग्रेस आफैसँग राखेर ६५ फिट साना दललाइ बाडन खाेजेपछि गठबन्धनमा खैलाबैला
- श्रावण ३, २०७९ मा प्रकाशित
काठमाडाैं । नेपाली काङ्ग्रेसको सोमबार सकिएको केन्द्रीय समिती बैठकले आगामी निर्वाचनमा आफूले १ सय सिट राखेर ६५ सिटमा गठबन्धन गर्ने प्रस्ताव राखेपछि गठबन्धन भित्र तरंग आएको छ ।
काङ्ग्रेसकै हाराहारीमा भाग खोजेको माओवादी यो प्रस्तावबाट बिच्किएको छ । गठबन्धनका दलको उद्देश्य थियो, काङ्ग्रेसलाई एकल बहुमत ल्याउनबाट जसरी पनि रोकेर सिटको बाँडफाँड गर्ने । तर आफूले जसरी पनि बहुमत राखेर अन्य दललाई सिट बाँडचुँड गरिदिने काङ्ग्रेसको प्रस्ताव छ ।
एक सय सिट आफूसँग राखेमा प्रत्यक्ष र समानुपातिक गरेर एकल बहमुत पुग्ने काङ्ग्रेसको सोच छ । त्यसो नभएमा कुनै सानो दलललाई लिएर सरकार बनाउन सकिन्छ भन्ने विकल्प पनि छँदैछ ।
‘यसो गर्दा चुनाव पनि जितिन्छ, प्रचण्डको अनावश्यक बार्गेनिङ पनि सकिन्छ,’ काँग्रेसका एक केन्द्रीय सदस्य बैठकमा भएको छलफलबारे जानकारी दिँदै भन्छन्, ‘यस्तो अवस्थामा प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउँछु भन्ने बाटो पनि बन्द हुन्छ ।’
माओवादीलाई काङ्ग्रेस शक्तिशाली नभएसम्म इंगेज गराइराख्ने नीति लिनुपर्ने बिषयमा सहमती बनेको छ । माओवादी पार्टनर बिना बस्नै नसक्ने निष्कर्ष निकालेको काङ्ग्रेसले माओवादी र एमालेबीचको सम्भावित पार्टनरसीपलाई पनि ख्याल गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।
‘माओवादीलाई टाढा पनि नराख्ने धेरै पनि नदिने काङ्ग्रेसको नीति हो । कसरी नजिक राख्ने र के कति दिएर मनाउने भन्ने विषय प्रधानमन्त्रीको जिम्मामा छ,’ एक केन्द्रीय सदस्यको भनाइ छ ।
यता माओवादी र नेकपा(एस) भने काङ्ग्रेसलाई एकल बहुमतबाट कसरी रोक्ने भनेर छलफलमा भएकै बेला काँग्रेसको एक सय सिटे निर्णयले अचम्मित छन् । खासगरी प्रचण्डको योजना अनुसार काङ्ग्रेसलाई ७० देखि ८० सिटमा खुम्च्याउने, आफूले ५० देखि ६० सिट लिने र बाँकी सिट नेकपा एस, जसपा, लोसपा लगायतका गठबन्धनका दललाई बाँडचुँड गरेर दिने भन्नेमा छ ।
तर काँग्रेसले संस्थगत निर्णय नै गरेपछि अब के कसरी अघि बढ्ने भन्नेमा प्रचण्ड आन्तरिक छलफलमा रहेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री देउवासँगको छलफलमा प्रचण्डले माधव नेपाल मिलाउने जिम्मा आफूले लिने तर त्यस बापत समग्र सिटको बाँडफाँड आफूले भने अनुसार हुनुपर्ने माग छ ।
माओवादी एक्लै चुनाव लडेमा ८ सिट मात्र जित्ने सुरक्षा स्रोतको विश्लेषण रहेको गृहमन्त्री बालकृष्ण खाँणले काङ्ग्रेस बैठकमा सुनाएका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments