•  १० मंसिर २०८१, सोमबार
  •  2:27:42 AM

रातारात बन्दैछ इटहरी , मध्यरात पनि सडकमै हुन्छन वडाध्यक्ष पोख्रेल 

- श्रावण २, २०७९ मा प्रकाशित



इटहरी । गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन पश्चात चुनिएका केहि जनप्रतिनिधिहरू बिभिन्न काण्डमा मुछिएका समाचारहरू आइरहदा सुनसरीको इटहरी उपमहानगरमा भने अहोरात्र बिकाश निर्माणका काममा ब्यस्त देखिने र भेटिने गरेका छन । रातारात स्मार्ट ट्राफिक लाइट जडान देखि सडक निर्माण सम्मका कामहरूमा जनप्रतिनिधि आफै सरिक हुन थालेका हुन । 

इटहरी उपमहानगर वडा नं ६ का वडा ध्यक्ष दिवश पोख्रेल बिकाश निर्माणकै काममा मध्यराती पनि इटहरी चौकमै भेटिने गरेका छन । रातको नौ बजे सम्म उनि इटहरीको मुख्य राजमार्गमा हालै जडान गरिएको स्मार्ट ट्राफिक लाइटको अनुगमन देखि सडक मर्मत कार्यलाइ नजिकबाट नियाल्ने गरिरहेका छन । वडाध्यक्ष पोख्रेल सोमबार राती ९ बजे पनि इटहरीको मुख्य राजमार्गमा भेटिएका छन । 

ट्राफिक लाइट जडान सकिएपछि राजमार्गको चारैतिर जेब्राक्रसिङ निर्माणको निमित्त उनि सडहमा देखिएका हुन । उनले जेब्रा क्रसिङ निर्माण गर्दा सामग्रि कमसल प्रयोग भए नभएको आफै चेकजाच गर्दै निर्माणमा समेट खटिने गरेका छन । वडा नं ६ का जनताले आफुलाइ अमुल्य मत दिएर जिताएपछि मैले पनि उहाहरूको मन जित्नुपर्छ न दिन न रात काम मै खटिनुपर्छ वडाध्यक्ष दिवश पोख्रेल भन्छन ।  ट्राफिक लाइट जडानपछि अहिले इटहरीको पूर्व पश्चिम र उत्तर दक्षिण चारै तिर जेब्राक्रसिङ निर्माण भइरहेको छ । 

इटहरी जेशिजको आयोजना , बिश्व आदर्श कलेयको संयोजन र उपमहानगरको सहकार्यमा अहिले जेब्रा क्रसिङ निर्माण भइरहेको हो । पुरानो जेब्राक्रसिङ मेटिएपछि बाटो काटन स्थानिय पैदलयात्रीहरूलाइ सकस भइरहेको बेला इटहरी जेशिजले चारैतिर जेब्राक्रश निर्माणको भुमिका निर्वाह गरिरहेको इटहरी जेशिज अध्यक्ष लोकनाथ भण्डारीले बताए । इटहरी जेशिज यो भन्दा अघाडी पनि सामाजिक कार्यहरूमा त्यतिकै सकृिय रहदै आएको छ । 

जेब्राक्रसिङ निर्माण भएपछि स्थानिय पैदलयात्रिहरूलाइ बाटो काटन सहज हुने र दैनिक सवारी दुर्घटना जस्ता जोखिम पनि कम हुनेमा बिश्वस्त रहेको इटहरी जेशिजका अध्यक्ष लोकनाथ भण्डारीले बताए । 

3
2
Comments

सम्बन्धित खवर