•  १० मंसिर २०८१, सोमबार
  •  11:26:25 AM

इटहरीकाे बुढिगंगामा आजदेखि शिवगंगा महाआरती : पितृ उद्धार गर्न चाहनेहरूलाइ यस्ताे काम गर्न सुझाव

- श्रावण २, २०७९ मा प्रकाशित



इटहरी । धार्मिक एवम पर्यटकिय स्थलकाे रूपमा परिचित इटहरीकाे बुढिगंगा मुक्ती घाटमा आजदेखि शिवगंगा महा आरती हुदैछ ।साउन महिना त्यसैपनि धार्मिक एवम पवित्र महिना रहेकाेले प्रत्येक साेमबार साझ महाआरती संगै पितृहरूकाे उदधारका निमित्त लाख बत्ती पनि बालिने भएकाे छ ।

महाआरतीका निमित्त प्रदेश एकका बिभिन्न जिल्लाहरूबाट हिन्दुधर्म प्रति आश्था बाेकेका साधुसन्त , ब्राम्हण, पुजारीहरूकाे उपस्थिती भइसकेकाे छ । इटहरीमा पहिलाे पटक मानिसहरूकाे अन्तिम संस्कार गर्ने स्थानमा उनिहरूकाे आत्मा शान्तीकाे कामना गर्दै लाख बत्ती बालिने भएकाे हाे ।

साथै गंगाकाे किनारमा पितृ उद्धारकाे निमित् लाख बत्ती पनि बालिने जनाइएकाे छ । नेपाललाइ हिन्दु राष्ट्र कायम गराउन र बिश्व शान्तीकाे कामना सहित शिव सेना नेपाल सुनसरीकाे आयाेजनामा इटहरीमा महाआरती गर्न लागिएकाे हाे ।

आजबाटै सुरू हुने साे महाआरतीकाे तयारी सबै सकिएकाे र साेमबार बिहानै देखि पितृ उद्धारका निमित्त बिभिनन शहरहरूबाट स्थानियहरूकाे बाक्लाे उपस्थिती देखिन थालिसकेकाे  आयाेजक शिव सेना नेपालका सुनसरी अध्यक्ष हिरा आचार्यले बताए । उनले पितृ उद्धारका निमित्त उनिहरूकाे सम्झना स्वाेरूप आफ्नाे स्वइच्छाले लाख बत्ती  बाल्न चाहने स्थानियहरूलाइ कुनै राेक टाेक नहुने पनि उल्लेख गरे । 

Comments

सम्बन्धित खवर