•  ७ मंसिर २०८१, शुक्रबार
  •  7:21:19 PM

सुनसरी सहित २७ जिल्लाका बालबालिकालाई फाइजरको दोस्रो डोज दिइँदै

- श्रावण २, २०७९ मा प्रकाशित



इटहरी । आजदेखि पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । खोप निःशूल्क रहेको छ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

सरकारले साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिन लागेको हो । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । 

झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप दिइनेछ ।

Comments

सम्बन्धित खवर