•  १० मंसिर २०८१, सोमबार
  •  3:14:33 AM

देश र जनता बचाउन धरानवासी जागे , भिआइपीहरूको सेवा सुविधा खारेज गर भन्दै निस्किए सडकमा

- असार ३१, २०७९ मा प्रकाशित



इटहरी ।  नेपाल बसोबास बस्ती संरक्षण समाजले सुनसरीको धरानबाट देश र जनता बचाउ अभियान सुरु गरेको छ । धरानको भानुचौकमा भिआइपीहरूको सेवा सुविधा खारेज गर, देश र जनतालाई माया गर भन्ने नाराका साथ मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, राष्ट्रपतिदेखि प्रधानमन्त्रीलगायत सबै भिभिआइपी भिआइपीहरूको अनावश्यक सेवासुबिधा खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो ।

समाजले साथमा साथ मिलाएर अघि बढौँ बेतिथिको अन्त्य गरौँ, देशलाई श्रीलंका हुनबाट बचाऔँ भन्दै समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले देशमा जनताले थेग्नै नसक्ने गरी मूल्यवृद्धि भएको बताए । अब भिआइपी, भिभिआइपीहरूले पनि सरकारी सेवा सुविधा नलिई आम जनता जस्तै सार्वजनिक सवारी साधनमा चढेर कार्यालय जानुपर्ने उनको भनाइ थियो ।

जति नै मूल्यवृद्धि भएपनि ठुलाबडा भिआइपी, भिभिआइपीहरूलाई कुनै असर नपर्ने, जनताले तिरेको करबाट सरकारी सेवा सुविधाको उपभोग गर्ने भएकोले देश र जनता बचाउ अभियान सुरु गरेको समाजको भनाइ छ । दैनिक देशव्यापी समाजले प्रदर्शन गर्ने पनि अध्यक्ष कार्कीले जानकारी दिए ।

एक हप्ता सम्म प्रदर्शन गर्ने र त्यसपछि पनि समाजको मागको सम्बोधन भएन भने देशव्यापी रुपमा सरकारी सेतो नम्बर प्लेटका सवारी साधन सडकमा गुड्न नदिने रोक्नेसम्मको कार्यक्रम समाजले तय गरेको छ । देशलाई श्रीलंका हुनबाट सचेत गराउन र बचाउनका लागि खबरदारी राज्य, सरकार र नेताहरूलाई खबरदारी गरिएको समाजको भनाइ छ ।

Comments

सम्बन्धित खवर