सुन्दरहरैंचा कांग्रेसमा कलह मच्चीदा राप्रपालाई फाइदा : एकै पटक ५०० बढीले कांग्रेस त्यागे
- असार ३०, २०७९ मा प्रकाशित
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका र बुढिगंगा गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा प्रबेश गर्नेको जनलहर बढ्दो छ। बिहीबार राप्रपा सुन्दरहरैँचा नगर कार्यसमिति नगर भेला तथा पार्टी प्रवेश कार्यक्रममा एकै पटक ५०० बढीले नेपाली कांग्रेस परित्याग गरी राप्रापामा प्रवेश गरेका हुन ।
राप्रपा मोरंग जिल्ला सह(प्रबक्ता कृष्ण कुमार घिमिरेका अनुसार सुन्दरहरैंचाबाट जयप्रसाद सिटौला र रमेश रिजालको संयोजक्त्वमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेका हुन ।नवप्रवेशिहरूलाइ पार्टिका अध्यक्ष राजेन्द्र लिङ्देनले अविर माला लगाएर स्वागत गरेका थिए । राप्रपामा नवप्रवेशिहरूका अनुसार कांग्रेस भित्र असन्तुस्टी , आन्तरीक किचलो र गुटउपगुट बढेकोले पार्टि त्यागेको बताएका थिए ।
सुन्दरहरैंचामा एकै पटक ५०६ जनाले कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरेको जनाइएको छ । यसैबिच पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिंङ्देनले ठुला पार्टी एमाले , कांग्रेस , एकिकृित माओवादी भनौदाले बिगत ३० वर्ष देखि देशलाइ बन्दक बनाएको अभीयोग लगाए । उनले लाखौं जनताको श्रम खाडी मुलुकमा बेचिएर नेताहरु भष्ट्रचारमा मात्र लिप्त भएको आरोप लगाए।
अध्यक्ष लिङ्देनले काङ्ग्रेस एमाले र माओवादीलाई भोट दिनु भनेको देश बिगार्नु हो भन्ने अभिव्यक्ति दिएका छन । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले अन्य पार्टीलाई भोट् दिनु भनेको देश बिगार्न तर्फ जनता आँफै लागेको बताएका हुन ।
उनले देश अहिले कठिन र कमोर अवस्थामा रहेको कारण एक पटक जनताले भोट हाल्ने बेलामा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन । नेपालका नागरिकलाई विदेशमा काम गर्न कसले वाध्य बनायो रु ३२ वर्षमा किन नेपाल बिकास हुन सकेन रु हिजो राजाको पालामा स्थापना भएको उधोग आज किन बन्द भए रु जस्ता प्रश्न लिङ्देनले गरेका थिए ।
उनले नेपालमा भ्रष्टचार बढेको भन्दै एक पल्ट राप्रपालाई भोट दिन अनुरोध गरे । उनले राप्रपाबाट धोका नहुने समेत बताए छन । नवप्रवेशी काङ्ग्रेसहरुले काङ्ग्रेसमा गुट उपगुट भएकै कारण आफुहरु अन्य तिर जानु परेको र कांग्रेस विधान अनुसार चल्न नसकेको आरोप लगाए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments