•  १० मंसिर २०८१, सोमबार
  •  5:07:34 AM

आफ्नै पहिचान र इतिहास खाेज्दै लिम्बुवान

- असार ३०, २०७९ मा प्रकाशित



तेह्रथुम / पूर्वी नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बू जातिको आफ्नै लिम्बू भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभुषा रहेको छ ।  आफूलाई प्रकृति पूजकको रुपमा मान्ने यो जातिको पूर्वी नेपाल तथा सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बूहरूको थात्थलो हो ।

पछिल्लो समयमा यी जातिहरुको भाषा, लिपि, संस्कार, संस्कृति तथा ऐतिहासिकता संरक्षणमा युवापुस्ताले चासो नदिँदा धरापमा पर्दै गएको छ । लिम्बू जातिमा पनि समुदाय अनुसार आ–आफ्नै माङ्गेना यक (गढी) हरु रहेका छन् । पछिल्लो समय यो जातिको यक (गढ) प्रति चासो हराइरहेको बेला सिक्किमबाट सनारुङ सेवा चुम्भो लिम्बूहरुको विभिन्न गढीहरुमा ऐतिहासिकता खोजीमा जुटेको छ । 

सिक्किमको मुलुके भन्ने ठाउँबाट शुरु गरेको माङ्गेना यात्रा पूर्वको तेह्रथुम, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा रहेको विभिन्न गढीहरुको अध्ययन अवलोकन गरिसकेको छ । अध्ययन अवलोकन पश्चात माङ्हिम निर्माण गर्ने चुम्भो सिक्किमका अध्यक्ष देवेन्द्र सुब्बाले बताए । १५ जनाको टोली रहेको माङगेना यात्रामा ् विभिन्न गढीहरुको अवलोकनसँगै गढीहरुको विषयमा अग्रज लिम्बूहरुसँग गढीको अध्ययन गरेका छन् ।

युवापुस्ताहरुमा थात्थलो र (यक) गढीहरुको बारे चासो हराउँदै गएकोले संरक्षण गर्न आवश्यक रहेको ताक्लुङ गढी संरक्षण तथा अध्यक्ष टेकराज तिगेलाको भनाइ छ । 
माङ्गेना (यक) गढी शिर उठाउने स्थानको रुपमा गढीलाई लिम्बू समुदायले लिँदै आएका छन् । लिम्बूहरुले विवाहको लगनमा अनिवार्य गढीको सम्बोधन गर्ने अगरेका छन् ।

सिक्किमका लिम्बूहरुले शुरु गरेको माङ्गेना यात्राले नेपालमा हुने लिम्बूहरुले आफ्नो गढ संरक्षण गर्न सन्देशदिएको चाङ्सिङ यक संरक्षण समितिका अध्यक्ष दिल पाक्साँवाले बताए । नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत उत्तरमा तिब्बत र दक्षिणमा भारतका साथै विश्वको विभिन्न मुलुकहरुमा लिम्बू जातिको बसोबास रहेको छ । 

पछिल्लो समय युवाहरु आफ्नो भाषा, लिपि र संस्कार संस्कृति संरक्षणप्रति उदाशीन हुनुले लिम्बू समुदायको मौलिकता गुमिरहेको छ । अबको पुस्ताले लिम्बू समुदायको मौलिक संस्कार, संस्कृति र भाषा लिपि संरक्षणमा चासो दिन आवश्यक रहेको देखिन्छ ।

Comments

सम्बन्धित खवर