•  ९ मंसिर २०८१, आईतवार
  •  9:10:21 AM

श्रीलंकाका राष्ट्रपति देश छोडेर भागे : सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले पुगेकाे पुस्टी

- असार २९, २०७९ मा प्रकाशित



काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् ।

राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राति मुलुक छोडेर भागेका हुन् ।

बीबीसीलगायत अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार राष्ट्रपति राजापाक्षे सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानीमा मागे पुगेका छन् । राजापक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापक्षे परिवारको शासन अन्त्य भएको बीबीसीले टिप्पणी गरेको छ । 

Comments

सम्बन्धित खवर