अन्तत छुट्टिए उपेन्द्र-बाबुराम : वीरगञ्जमा आज उपेन्द्र पक्षीय बैठक शुरु हुँदै
- असार २९, २०७९ मा प्रकाशित
काठमाडौँ । फुट औचारिक घोषणा नजिक पुगेको सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक आज (बुधबार) वीरगञ्जमा शुरु हुँदैछ ।
यता काठमाडौंमा सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक मंगलबारदेखि जारी छ । दुई अध्यक्ष यादव र भट्टराईबीचको विवादले जसपा औपचारिक विभाजनतिर अगाडि बढेको छ । जसपाको फुटले औपचारिकता पाउन भने केही दिन लाग्ने दुबै पक्षका नेताहरुले बताएका छन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०६६ मा एकता भएर समाजवादी पार्टी बनेको थियो, जुन पछिल्लो समय जनता समाजवादी पार्टीको नाममा क्रियाशील छ । तर यादव र भट्टराई पक्षको छुट्टाछुट्टै भेलाले जसपा विभाजन निश्चित जस्तो बनेको छ ।
हिजोबाट शुरु भएको भट्टराई पक्षको विस्तारित वैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेको बताउँदै प्रश्नहरुको सामना गर्न कार्यक्रममा आउन आह्वान गरे । उनले पार्टीको पुनर्गठन पहिलो प्राथमिकता भए पनि यो नभए विचार मिल्नेसँग एकीकरणको प्रस्ताव राजनीतिक प्रस्ताव कार्यक्रममा पेस गरेका छन् । उपेन्द्र पक्षको आजको वैठकले कुन दिशा समात्छ, त्यसमा जसपाको भविष्य निर्भर रहने देखिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments