धरानका मेयर हर्क साम्पाङ अचानक सरकारी बिद्यालय पुगेपछि…
- असार २९, २०७९ मा प्रकाशित
धरान । धरान १६ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले सार्वजनिक सुनुवाईमा जनप्रतिनिधिले स्कूललाई वेवास्ता गरेको गुनासो गरेपछि मंगलबार विहान विद्यालयमा धरानका जनप्रतिनिधि पुगेका छन् । विद्यालयमा विहान ७ बजे नै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोली पुगेको थियो ।
विद्यालयका प्रअ पराजुली, व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुनिल नेपाललगायतले विद्यालयको अवस्था, समस्या र भावी योजनाबारे स्थलगत निरीक्षण गराउँदै मेयर र उपमेयरलाई मागपत्र पनि पेश गरे । मेयर साम्पाङले ज्ञान हासिल गर्ने थलो विद्यालयको अवस्था नाजुक देखेपछि सबैले सरकारी संरचनाहरुलाई माया गर्नुपर्ने बताएका थिए । उपमेयर अइन्द्रबिक्रम बेघाले स्रोतले भ्याएसम्म विद्यालयलाई उपमहानगरको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments