प्रदेश १ मा असारे विकास : एकै दिन साढे ३ अर्ब रुपैयाँ खर्च
- असार २८, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ सरकारले चालु आर्थिक वर्षको भूक्तानी दिने अन्तिम दिन शनिबार ३ अर्ब ६० करोड ८३ लाख खर्च गरेको छ । असार महिनाको २५ गतेसम्ममा प्रदेश सरकारले जम्मा खर्चको ३१ दशमलव ९६ प्रतिशत अर्थात् ९ अर्ब ६७ करोड ८१ लाख ९६ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो विषय आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रदेशको जम्मा बजेट ३४ अर्ब ७६ करोड ८ लाख ५३ हजारमध्ये ८७ दशमलव १३ प्रतिशत अर्थात् कूल ३० अर्ब २८ करोड ६८ लाख १ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषि खनालले बताए ।
प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ल्याएको ३२ अर्ब ४६ करोड ९१ लाखको बजेटमा संघीय सरकारले पठाएको सशर्त अनुदान थपिएर बजेटको आकार बढेको खनालले बताए ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीगत खर्च ९० प्रतिशत पु¥याउने गरेको घोषणा पूरा गरेको छ । प्रदेश सरकारले पुँजीगततर्फ ८९ दशमलव ८१ प्रतिशत खर्च गरेको लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालुतर्फको बजेट १५ अर्ब ९६ करोड ९९ लाख ७८ हजारमध्ये ८४ दशमलव १५ प्रतिशत अर्थात् १३ अर्ब ४३ करोड ८३ लाख ५० हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड ८ लाख ७५ हजारमध्ये १६ अर्ब ८४ करोड ८४ लाख ५० हजार खर्च गरेको छ ।प्रदेश सरकारले गत वर्षको तुलनामा खर्च धेरै बढाउन सकेको छैन । गत वर्षको तुलनामा यस वर्ष बजेटको आकार कम रहेकाले खर्च प्रतिशत बढेको हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments