•  १० मंसिर २०८१, सोमबार
  •  4:37:53 AM

कानेपाेखरीमा श्रीमतीलाइ हानेकाे खुकुरी भाउजुले थापेपछि…

- असार २७, २०७९ मा प्रकाशित



इटहरी । मोरङको कानेपोखरी गाउँपालिका–६ का एक पुरुषले खुकुरी प्रहार गरेर आइतबार राति आफ्नै पत्नी (श्रीमती) र भाउजूलाई घाइते बनाएका छन् । मोरङ प्रहरीका डिएसपी राजन कार्कीका अनुसार ३८ वर्षीय आकाश लिम्बूले राति ९ः३० बजेतिर खुकुरी प्रहार गर्दा पत्नी ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएका छन् ।

हात, खुट्टा शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । घरयासी विवादका क्रममा आकाशले पत्नीलाई खुकुरी हानेको प्रहरीले जनाएको छ । प्रहरीले कस्तो खालको घरयासी विवाद हो भन्ने खुलाइसकेको छैन । 

पत्नी रोजिनामाथि खुकुरी प्रहार हुन थालेपछि छुट्याउन मनमाया पुगेकी थिइन् । छुट्याउन आएकी भाउजू मनमायालाई समेत आकाशले खुकुरीले हानेको प्रहरीले जनाएको छ । घटनापछि आकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

Comments

सम्बन्धित खवर