•  १० मंसिर २०८१, सोमबार
  •  4:17:30 AM

गाजा तस्करीकाे ट्रान्जित बन्याे सप्तकाेशि नदी : बराहक्षेत्रबाट १ सय २२ किलो गाँजा बरामद

- असार २६, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौलीबाट प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

आज बिहान ३ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बीच टापुमा लुकाई छिपाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) अवैध लागूऔषध गाँजा फेला पारेको हो ।

उक्त फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा समलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर