•  १० मंसिर २०८१, सोमबार
  •  4:26:39 AM

संखुवासभामा मलामी बाेकेकाे ट्याक्टर दुर्घटना : ३ जनाकाे मृत्यु : नाै जनाकाे अवस्था गम्भीर

- असार २५, २०७९ मा प्रकाशित



सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा भएको ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मलामी गएर फर्किने क्रममा खाँदबारी–लेगुवा सडकखण्डको दुमकट्टामा शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मलामी गएकाहरु चैनपुर–१० का २४ गङ्गाबहादुर तामाङ र चैनपुर–९ का ४६ वर्षीय केशव कार्कीको मृत्यु भएको थियो । 

अर्का गम्भीर घाइते चैनपुर–१० का ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ८ः१० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४४ जना घाइते भएका थिए । घाइतेमध्ये सामान्य अवस्थाका २१ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

अवस्था गम्भीर र मध्यम रहेका घाइतेको प्रतिष्ठानमै उपचार भइरहेको छ । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरु चैनपुर–१० की सावित्रा जिमी (२७), डिल्लीमान कटुवाल (६५), फणिन्द्र अधिकारी (६०), दिपेश कटुवाल (२२), उदयबहादुर भण्डारी (५०), मोहितमान राई (४०) र चैनपुर–९ का शान्तिबहादुर कार्की (६०), नरबहादुर कार्की (६८) र काजीमान राई (६२) को उपचार जारी छ । 

प्रहरीका अनुसार चैनपुरको खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गइ पुनः मालामीलाई लिएर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरीले चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । अचानक लोडपिन भाँचिन गइ रोडको बाँयातर्फ पल्टिएर ट्याक्टर दुर्घटनामा परेको सङ्खुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए । उनका अनुसार चैनपुर–१० की ९० वर्षीया कौशिला अधिकारीको मलामी गएकाहरु दुर्घटनामा परेका हुन् । 

Comments

सम्बन्धित खवर