•  १० मंसिर २०८१, सोमबार
  •  5:23:49 AM

प्रदेश एककाे नाम : एमाले भन्छ काेशि प्रदेश ठिक , माओवादी र नेकपा एस भन्छ कोशी–किराँत !

- असार २५, २०७९ मा प्रकाशित



इटहरी । प्रदेश १ को नामका लागि सहमति जुटाउन बसेको बैठक बिनानिष्कर्ष  टुङ्गिएको छ ।शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल बिनानिष्कर्ष टुङ्गिएको हो । छलफलमा दलहरुले आफ्नो अडान प्रस्तुत गरेका थिए ।

छलफल विना निष्कर्ष टुङ्गिएको नेकपा एमाले प्रदेश सांसद  हिक्मतकुमार कार्कीले बताए ।  उनका अनुसार बैठकमा दलहरुले आफ्नो तर्फबाट नाम प्रस्तुत गरेका थिए । कोसी, कोसी किरात, किरात, सगरमाथा, लिम्बुवानलगायत नामका विषयमा छलफल भएको उनले बताए ।

‘नामका विषयमा दलहरुबीच छलफल भयो तर निष्कर्षमा पुगिएन,’ कार्कीले भने, ‘नाम राख्ने विषयमा एकमत छ,’ नामका लागि सहमति गर्न पून बैठक बस्ने सहमति भएको उनले बताए । 

नेकपा एमालेले भूगोलका आधारमा कोसी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको थियो । सत्तापक्षका माओवादी र नेकपा एसले भने पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए । नेपाली कांग्रेसले सहमतिको विन्दु खोजेर अघि बढ्नु पर्ने बताएको थियो ।

बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र प्रमुख सचेतक सूयर्माराज राई, नेकपा एमाले दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, नेकपा माओवादी केन्द्र दलका नेता ईन्द्रबहादुर आङ्बो, जसपा दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुमाया तुम्बहाम्फे र राप्रपा संसदीय दलका नेता ईन्दिरा राई सहभागी थिए ।

Comments

सम्बन्धित खवर