इटहरीस्थित पञ्चकन्या मन्दिरकाे नवाै वार्षिकाेत्सव : भजन कृतन र पुजा पाठ गरेर मनाइयाे
- असार २२, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीस्थित पञ्चकन्या मन्दिरले बुधबार नवौ वार्षिकोत्सव धुमधामले सम्पन्न गरेको छ । इटहरी ४मा अवस्थित उक्त मन्दिर परिषर भित्र महिलाहरूको भजन मण्डली समुहले भब्य पुजा आजा सहित वार्षिकोत्सव सम्पन्न गरेको हो ।
इटहरीको नेपाली सेना ब्यारेक उत्तर दिशामा अवस्थित पञ्चकन्या मन्दिरमा वार्षिकोत्सवकै अवसर पारेर भब्य पुजा , रूद्रि पाठ , दुर्गा पुजा पनि गरिएको थियो । इटहरीका समाजसेवि एवम साेहि मन्दिरका संस्थापक संरक्षक स्वर्गीय भुकबहादुर थापाले आफ्नै नाममा रहेको जग्गा दान गरेर उनैको सकृियतामा निर्माण गरिएको पञ्चकन्या मन्दिरमा हाल दैनिक जसो भक्तजनहरूको घुइचो लाग्ने गरेको छ ।
उक्त मन्दििर परिषरभित्र शनि मन्दिर पनि रहेको हुदा शनिवार समेत पुजा आजा गर्नेहरूको भिड लाग्ने गरेको सो मन्दिरका सरंक्षक एवम सामुदायिक सर्पदंश इटहरीका उपाध्यक्ष राजु थापाले बताउनुभयो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments