•  ११ मंसिर २०८१, मंगलवार
  •  6:24:54 AM

स्थानीय खाेलाहरूमा प्रसाशनकाे कडाइ , एउटा जेशिवी सहित एकै दिन समातिए ९ वटा सवारीसाधन

- असार २१, २०७९ मा प्रकाशित



इटहरी ।  मोरङको खोलाहरूमा प्राकृतिक स्रोत–साधनमाथि चरम दोहन गरेको ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोरङका विभिन्न खोलाहरूमा नदीजन्य पदार्थ, ढुङ्गा, गिट्टीको चरम दोहन हुने गरेको भेटिएपछि प्रहरीले उक्त सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो ।

विशेषसरि केराबारी गाउँपालिका ८ स्थित खदम, मुगु खोला, सुन्दरहरैचान नगरपालिका ५ स्थित बुढी खोला र बेलबारी २ स्थित लोहन्द्रा खोलामा अवैध रूपमा गिट्टी बालुवाको उत्खनन हुने गरेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्राकृतिक दोहनमा संलग्न भएको ९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्राकृतिक स्रोत दोहनमा संलग्न भएको एउटा जेसिभि सहित ९ वटा सवारी साधन रहेको छ । प्रहरीले अशोक कटुवालले चलाएको १ को १ ख ५८६२ न। को टिपर, केराबारी गाउँपालिका १० का २२ वर्षीय राज लिम्बुले चलाएको को १ ख १४९१ नम्बरको जेसिभि , सुनसरी खनारका ४२ वर्षीय रजयराम उराउले चलाएको १ ख ७२५१ नं। को टिपर, इटहरी ११ का ३२ वर्षीय अनिल चौधरीले चलाएको ना ८ ख ४२६७ टिपर प्रहरीले नियन्त्रणमा लिएको हो । यसै गरी सुन्दरहरैचा १० का दिनेश उराउले चलाएको प्र १–०२–००१ ख ९३८७ टिपर, काशीनाथ ऋषिदेवले चलाएको को १ त ६८६४ ट्र्याक्टर, उज्ज्वल पौडेले चलाएको को २ त ५५६४ नम्बरको ट्याक्टर र शम्भु मग्रातीले चलाएको प्र१–०२–००३ त १४०१ ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन आवश्यक कारबाहीको लागि स्थानीय तहलाई बुझाएको छ ।

मोरङका नदीजन्य पदार्थ ढुङ्गा, गिट्टीको चोरी–निकासी बढेर गएको पाइएको छ । त्यसै गरी, पहाडी जिल्लाहरूमा पनि ढुङ्गा, गिट्टीका अतिरिक्त वनमा समेत चोरी–तस्करी बढेको पाइएको हो । तीन तहका सरकार बिच समन्वय नहुँदा अनुगमनलगायत काम प्रभावकारी हुन सकेका छैनन् । जसले गर्दा करोडौँको राजस्वसमेत गुमेको छ ।

Comments

सम्बन्धित खवर