•  ११ मंसिर २०८१, मंगलवार
  •  6:30:12 AM

शिवसेना नेपालले उपमहानगरमा बुझायाे ज्ञापन : इटहरी चाैकमा बिरेन्द्रकाे शालिक राखेरै छाडछाै

- असार २१, २०७९ मा प्रकाशित



इटहरी । लामो समयदेखि हिन्दु राष्ट्रको वकालत गर्दै आएको शिव सेना नेपालले इटहरी उपमहानगरमा मेयर हेमकर्ण पौडेल र उपमेयर संगिता कुमारी चौधरी समक्ष सोमबार ज्ञापन पत्र बुझाएका छन । इटहरीको मुख्य चौकमा शालिक राख्ने या नराख्ने विषयमा बिवाद भइरहदा शिव सेना नेपालले भने पूर्व राजा बिरेन्द्र बिरबिक्रम साहको सालिक निर्माण गरेर राख्नुपृने अडान राखेको छ । 

सोमबार उपमहानगर प्रमुख हेमकर्ण पौडेलको कार्यकक्षमा शिव सेना नेपाल सुनसरी अध्यक्ष हिरा आचार्य सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । उक्त ज्ञापन पत्रमा इटहरीको मुख्य चौकमा पूर्व राजा बिरेन्द्र बिर बिक्रम साहको शालिक निर्माण गरिनुपर्ने उनिहरूको माग छ । 

शिव सेना नेपालले २०७८ पौस महिनाको पृथ्वि जयन्तीमै इटहरी मुख्य चौकमा  बिरेन्द्र शाहको सालिक निर्माण गर्ने घोषणा गरिसकेको अवगत गराउदै अन्यको सालिक त्यस स्थानमा राखिए आफ्नो संगठन चुप लागेर नबस्ने चेतावनी समेत दिइएको छ ।  देश बेचौ , झण्डा फेरौ भन्नेहरूको बिरूद्ध भण्डाफोर अभीयान सहित  इतिहासको संरक्षणमा जुटदै इटहरीको मुख्य चौकमा बिरेन्द्रको सालिक निर्माण गरेर राख्न उपमहानगर समक्ष अनुरोध गरेको शिव सेना नेपाल सुनसरीका अध्यक्ष हिरा आचार्यले बताए । 

उनले इटहरीको मुख्य चौकमा बिरेन्द्रको शालिक निर्माणको क्रममा आइपर्ने जस्तोसुकै परिस्थितीको पनि डटेर सामना गर्न तयार रहेको उल्लेख गरेका छन । इटहरी चौकमा शालिक निर्माण गर्ने या नगर्ने बिषयमा बिवाद हुदै आएको छ । यता उपमहानगरले भने तत्काल यो विषयमा कुनै निर्णय लिन सकेको छैन ।  

Comments

सम्बन्धित खवर