•  १० मंसिर २०८१, सोमबार
  •  1:17:10 PM

इटहरीमा एकै दिन दुइ सवारी दुर्घटना : भारतीय नागरिक सहित दुइ जनाकाे मृत्यु , दुइ घाइते

- असार १८, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीका अलगअलग स्थानमा शुक्रबार साँझ दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ । मृतक दुवै पुरुष हुन् । एक जना ७५ वर्षका वृद्ध छन् । 

कोसी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ चौकीमोडमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा प्रदेश ०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । बाटो क्रस गर्दै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा भारत बिहारका ५० वर्षीय लालुप्रसाद विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा राति ८ः१० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं घर भएका २५ वर्षीय सुबास तामाङ र पछाडि सवार सङ्खुवासभाको सभापोखरी–६ की २४ वर्षीया शिखा लिम्बू घाइते भएका छन् । घाइतेको खनार सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । 

त्यस्तै पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इटहरी–१७ पकलीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९५ नम्बरको यात्रुवहाक बसले ठक्कर दिँदा एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । बसको ठक्करबाट साइकलमा बाटो क्रस गर्दै गरेका सुनसरीको रामधुनी नगरपालिका–९ का ७५ वर्षीय मङ्गलु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा परेर टाउको तथा शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा एपेक्स अस्पतालमा साँझ ७ः२० बजेतिर मृत्यु भएको हो । दुर्घटनालगत्तै बसका चालक भोजपुरको भोजपुर नगरपालिका–२ का ३७ वर्षीय आकाश राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ । 

Comments

सम्बन्धित खवर