खाेटाङमा ५ वर्षीया नाबालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय बालक पक्राउ
- असार १७, २०७९ मा प्रकाशित
खोटाङ । खोटाङमा ५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय पक्राउ परेका छन्। उनी बालक नै रहेका कारण नाम प्रहरीले सार्वजनिक गरेको छैन। उनले ५ वर्षीया बालिका बलात्कार गरेको आरोप छ।
बालिका आफ्नै घरमा खेलिरहेका वेला ललाईफकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए। परिवारले प्रहरीलाई खबर गर्नासाथ गएकोप्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहीबार बिहान २ बजे राति पक्राउ गरेको हो ।
पक्राउ परेका बालकलाई जबरजस्ती करणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी कार्यालयको निगरानी कक्षामा राखेर थप अनुसन्धान भइरहेको गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments