तपाईलाई कसैले मन पराएको छ या छैन कसरी थाहा पाउने ? यस्ताे छ सरल तरिका !
- असार १३, २०७९ मा प्रकाशित
फेसबूक मेसेन्जर र ह्वाट्सयाप जस्ता प्ल्याटफर्म आएपछि मानिसहरू आफ्नो मनको कुरा सहजै बताउन थालेका छन् । तर च्याटका क्रममा कतिपय अवस्थामा टेक्स्टमा लुकेको भावलाई बुझ्न अलि मुश्किल पर्छ ।
तर यहाँ हामी च्याटको टेक्स्टहरूमा लुकेको भाव कसरी थाहा पाउने भनी सिकाउँछौं । तपाईंलाई कुनै युवतीले मन पराइन् भने च्याटमा ऊ सधैं तपाईंको निकनेम लेखेर कुरा गर्छिन् । तपाईंलाई मुटुको भित्री तहबाट उनले मन पराउँछिन् भन्ने संकेत यसबाट पाउनुहुनेछ ।
औपचारिक कुराकानी वा नातेदारसँगको गफगाफमा मानिसहरू इमोजी त्यति प्रयोग गर्दैनन् । तर आफ्नो क्रशसँग कुरा गर्दा मानिसहरू हार्ट इमोजीको उपयोग खुबै गर्छन् । मन पराएको मानिसले तपाईंको हालखबर सोधेर दिनभरिको योजनाका बारेमा पनि प्रश्न गर्छन् । तपाईंलाई भेट्न वा डेटिङ गर्नका लागि अनेक किसिमका बहाना उनीहरूले बनाउँछन् । त्यस्ता संकेतहरूलाई तपाईं आफैंले चिन्नुपर्ने हुन्छ ।
तपाईंले फेसबूकमा के पोस्ट गर्नुभयो ? प्रोफाइल पिक्चर कहिले चेन्ज गर्नुभयो ? यस्ता कुरा जान्न मन पराएको मानिसलाई खुबै चासो हुन्छ । अनि नयाँ प्रोफाइल पिक्चर र पोस्टमा उनीहरूले अवश्यै कमेन्ट गर्छन् । तपाईंलाई मन पराउने मानिसले पुरानो कथा वा बाल्यकालको तस्वीर पनि शेयर गर्छ । जीवनसाथी बनाउने सोच भएकाहरूसँग मात्र यस्ता कुराहरू शेयर गरिन्छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments