वरिष्ठ नेता पौडेल भन्छन् –सबै सिट गठबन्धनलाई दिएर कांग्रेस चै वनबास जाने हाे ?
- असार १२, २०७९ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघ र प्रदेशको निर्वाचनमा हैसियत र क्षमता हेरेर मात्रै सिट बाँडफाँट गरिने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भन्नुभयो, ‘पार्टीहरुको महत्व आ–आफ्नो ठाउँमा छ ।
कहाँ कस्को सम्भावना छ त्यहि हेरेर चुनावमा भागबण्डा हुनुपर्छ । आ–आफ्नो हैसियत र क्षमता हेरेर दाबी गरेर र चुनावमा जित्नुपर्छ । गठबन्धनमा आवद्ध दल माओवादी केन्द्रले ६० सिट, नेकपा एसले ४० सिट मागेको प्रसंगमा वरिष्ठ नेता पौडेलले सबै सिट बाँडेर कांग्रेस वनबास जाने भन्दै प्रश्न समेत गर्नुभएको छ ।
देशभरको आँकल गरेर कहाँ कस्को जित्ने सम्भावना छ, हैसियत र क्षमता कस्तो छ भन्ने हेरेर, बुझेर मात्रै आगामी चुनावमा सिट बाँडफाँट र उम्मेदवार तय गर्नुपर्ने उहाँले दोहोर्याउनुभयो । वरिष्ठ नेता पौडेलले स्थानीय निर्वाचनको समिक्षा गर्दै कमिकमजोरीलाई ध्यानमा राखेर अबको निर्वाचनलाई थप व्यवस्थित बनाएर जानेतर्फ पनि जोड दिनुभयो ।
‘गएको निर्वाचनमा गठबन्धन व्यवस्थित भएको भए एक/डेढ सय सिट अरु बढ्ने थिए । अबको चुनावमा गठबन्धन व्यवस्थित भयो भने दुई तिहाइ बहुमत अवश्य आउछ, ’ उहाँले भन्नुभयो । यस्तै वरिष्ठ नेता पौडेलले समाजवादीभित्रैका विभिन्न समस्या, बजेटमाथिको छलफललगायतका कारण मन्त्रीमा सिफारिस नामलाई सपथ गराउन केहि ढिलाइ भएको स्पष्ट पार्नुभयो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments