•  १० मंसिर २०८१, सोमबार
  •  3:10:01 PM

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

- असार ६, २०७९ मा प्रकाशित



काठमाडौं / सौन्यर्य प्रतियोगताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । पाण्डेविरुद्ध मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।

 बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । ८ वर्ष अघिको एक सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै  एक किशोरीले भिडिओ सार्वजनिक गरेपछि पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । 

Comments

सम्बन्धित खवर