•  १० मंसिर २०८१, सोमबार
  •  3:34:51 PM

दुई महिना पहिले भागी विवाह गरेकी १८ वर्षीय युवती, रोपाइमा जान्छु भनेर बे’पत्ता’ भइन

- असार ६, २०७९ मा प्रकाशित



बैतडी । बैतडीको सिगास गाउँपालिका ८ की विवाहित युवती बेपत्ता भएकी छिन् । शनिबार रोपाइ गर्न भन्दै घरबाट हिडेकी रमेश बोहराकी श्रीमती १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाइका लागि हिडेकी बोहरा दिउसोदेखि बेपत्ता बनेको रमेश बोहराले बताए ।

शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका थिए । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भईरहेको जनाएको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी बिवाह गरेका थिए ।

विवाहित युवतीका माईती पक्षले भने रमेश बोहराले भगाएर लगेको र बोहराकै परिवारले सकुसल खोज्नुपर्ने बताउदै आएका छन् ।‘दुई / ‘२ महिना पहिले भगाएर लगेको हो, घरपरिवारमा झगडापनि हुने गर्दथ्यो, उनिहरुले नै खोज्नुपर्छ ।’ बेपत्ता सरस्वतीका बावु बहादुर महराले भने ।

Comments

सम्बन्धित खवर