•  १० मंसिर २०८१, सोमबार
  •  3:12:38 AM

अब पथरीशनिश्चरेका सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा

- जेष्ठ २५, २०७९ मा प्रकाशित



पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यपालिकाको पहिलो बैठकले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।नगर अस्पतालको सुत्केरी केन्द्रसम्म आउन र घर जानका लागि नगरका सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको ब्यबस्थापन गरिने निर्णय गरेको हो ।


नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको बैंठकले कार्यबिधि तयार गरि आर्थिक रूपले अति बिपन्न परिवारका लागि अबको नयाँ आर्थिक बर्षबाट नगरले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा संचालनको पनि निर्णय गरेको छ ।


हालसम्मको १२९ र चालू आर्थिक बर्षको १२ औं सो बैठकले कार्यबिधि तयार गरि अति विपन्न परिवारका लागि मृत्यु राहत कोष खडा गरिने समेत निर्णय गरेको नगर प्रमुख तुम्वापोले जानकारी गराएका थिए । यसैगरी, नगर उपप्रमुखको संयोजकत्व रहने स्थानीय राजस्व परामर्श समिति गठन गर्दै आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा पनि छ्लफल उठान गरेको छ ।


बैंठक अघि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेद्प्रसाद गौतमले बढदो लागू औषध दुर्ब्यसनी रोकथामको उपायका बारेमा धारणा राख्नु भएको थियो । सब डिभिजन बन कार्यालय पथरी प्रमुख सुरेन्द्र कार्कीले बन संरक्षण र त्यस्को दिगो ब्यवस्थापनका कानूनी प्रावधान र स्थानीय निकायको भूमिका सहितका बारेमा पनि धारणा थिए ।

Comments

सम्बन्धित खवर