•  १० मंसिर २०८१, सोमबार
  •  3:09:50 AM

अप्राकृतिक मैथुन मुद्धाका फरार झापाका सुक्लो पक्राउ

- जेष्ठ २५, २०७९ मा प्रकाशित



झापा / झापामा अप्राकृतिक मैथुन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भद्रपुर न।पा।वडा नं।१ का २४ वर्षिय सुक्लो सोरेन रहेका छन् ।

झापा जिल्ला अदालतको २०७३ असार २९ गतेको फैसला पुनरावेदन परी उच्च अदालत बिराटनगर ईलाम ईजलासबाट २०७५ फागुन १ गते भएको फैसला बमोजिम अप्राकृतिक मैथुन मुद्धामा उनलाई ६बर्ष ८ महिना २० दिन कैद र पीडितलाई रु।१० हजार क्षतिपूर्ति भराउनु पर्ने सजाय सुनाइएको थियो ।

फरार रहेका सोरेनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर