•  १० मंसिर २०८१, सोमबार
  •  3:06:29 AM

ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन

- जेष्ठ २२, २०७९ मा प्रकाशित



ताप्लेजुङ । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन् ।जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । बाँकी चार पालिकामा एमालेले बहुमत जुटाएको छ । एक मात्र फुङ्लिङ नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० सम्मिलित गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

यस्तै गठबन्धनले सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा सुविधाजनक बहुमत प्राप्त गरेको छ । सत्ता गठबन्धनतर्फ केही स्थानीय तहको कार्यपालिकामा नेकपा ९एकीकृत समाजवादी० बाटसमेत प्रतिनिधित्व भएको छ ।एमालेले भने मेरिङ्देन गाउँपालिका, सिदिङ्वा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको कार्यपालिकामा स्पष्ट बहुमत प्राप्त गरेको छ । यता स्थानीय तहको कार्यपालिका सदस्य चयनको प्रक्रिया सम्पन्न भएसँगै अब जिल्ला सभा तथा समन्वय समिति चयनको प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिका पदाधिकारी चयनका लागि भने गठबन्धनसँग बहुमतको रहेको छ । नौ स्थानीय तहमध्ये छ मा गठबन्धन दल निर्वाचित भएको छ । गबन्धनतर्फ निर्वाचित हुनेमा कांग्रेसका एक प्रमुख र तीन अध्यक्ष, दुई उपाध्यक्ष, माओवादीका दुई अध्यक्ष, तीन उपाध्यक्ष र एकीकृत समाजवादीका एक उपाध्यक्षसमेत मत सङ्ख्या १२ रहेको छ । एमालेसँग तीन अध्यक्ष, एक उप्रमुखस र दुई उपाध्यक्षसमेत मत सङ्ख्या छ रहेको छ ।

Comments

सम्बन्धित खवर