•  ९ मंसिर २०८१, आईतवार
  •  11:38:16 AM

पाकिस्तानमा तालिबानद्वारा अनिश्चितकालीन युद्धविराम घोषणा

- जेष्ठ २१, २०७९ मा प्रकाशित



एजेन्सी । पाकिस्तानी तालिबानले सरकारविरुद्ध अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ।अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानको मध्यस्थतामा भएको वार्तापछि पाकिस्तानी तालिबानले उक्त घोषणा गरेको हो।

काबुलमा भएको वार्तामा केही विषयमा महत्वपूर्ण प्रगति भएको भन्दै युद्धविरामको घोषणा गरिएको बताएको छ। पाकिस्तान सरकारले पनि तालिबानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गरेका छन्। लामो समयदेखि पाकिस्तानी तालिबानले सरकारविरुद्ध लड्दै आएको छ।

तेहरिक ई तालिबान पाकिस्तान (टीटीपी)ले पाकिस्तानको अफगानिस्तानसँग जोडिएको क्षेत्रमा मुस्लिम कट्टरपन्थी शारिया कानुन लगाउन माग गर्दै आएका छन्।अफगानिस्तानलाई नियन्त्रणमा लिएसँगै पाकिस्तान तालिबानले सरकारमाथिको आक्रमणलाई तीव्र पारेको छ।

अहिले भइरहेको वार्तामा भने के विषयमा सहमति हुन सक्छ भन्नेबारे भने खुलाइएको छैन। यसअघि पनि पाकिस्तान सरकार र तालिबानबीच भएको युद्धविरामको सम्झौता केही दिनमा नै फेरि भङ्ग भएको थियो।

Comments

सम्बन्धित खवर