चोरेर ग्यारेजमा थुपारिएका १२ मोटरसाइकलसहित झापाबाट आठ जना पक्राउ
- जेष्ठ २०, २०७९ मा प्रकाशित
इटहरी। मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा झापाबाट आठ जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित बिहीबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका-५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका-५ का १८ वर्षीय विष्णु भण्डारी, करण मण्डल, विर्तामोड-३ का १९ वर्षीय कुमार राजवंशी, १८ वर्षीय समुन विहारी, सप्तरी टुकली नगरपालिका-५ का २७ वर्षीय करण महमद र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ छन् ।
केही महिना अगाडिदेखि इलाका प्रहरी कार्यालय अनारमनीमा मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि प्रहरीले टोली खटाएर सूक्ष्म रूपमा अभियुक्तको पहिचान तथा खोजतलास गर्ने काम गर्दै आएको थियो । आरोपितहरूले मोटरसाइकल चोरी गर्दै ग्यारेजमा थुपार्ने गरेको पाइएको छ ।
खोजतलास गर्दै जाँदा प्रहरीले अर्जुनधारा-८ कदमगाछीस्थित अशोक विहारीको घरमा रहेको ग्यारेज र वडा नं १० स्थित विमल हुमागाईंको घरमा सञ्चालित करण महमदको मोटरसाइकल ग्यारेजबाट र अन्य विभिन्न स्थानबाट चोरीका १२ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका सबै आरोपितलाई चोरी मुद्दामा अनुसन्धान भइरहेको बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments