मलद्वारमा लौरो घुसाउँदा मृत्यु प्रकरण : गीताको शव उठ्यो, बाबुविरुद्ध छोरीले दिइन् उजुरी
- जेष्ठ १८, २०७९ मा प्रकाशित
चितवन । श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका-१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
शवको पोस्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो । उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । शवलाई अहिले उनको घरमा लगिएको छ । शवको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।
आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी हुन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धी र बलात्कारको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । घटना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उजुरी दिएकी हुन् ।
गीताका १५ र १३ वर्षका दुई छोरी छन् । उनीहरूको जिम्मा स्थानीय अधिकारकर्मीहरूले लिने भएका छन् । त्यस्तै, किरिया खर्चका लागि अधिकारकर्मीहरूले सहयोग सङ्कलन पनि गरेका छन् । किरिया खर्चका लागि जिल्ला बाल कल्याण समितिले १० हजार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १५ हजार, बागमती प्रदेश सांसद रीना गुरुङले पाँच हजार रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थाले स्वेच्छिक रूपमा ३१ हजार रुपैयाँ उपमेयर उप्रेतीमार्फत छोरी पुष्पा माझीलाई हस्तान्तरण गरेका छन् ।
न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उजुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरूको सहयोग लिएको छ । बयान र साक्षीलगायतको सहयोगका लागि चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हुन् ।
एसपी अधिकारीले भने, ‘महिलाका संवेदनशील घटनामा पीडित वा पीडित पक्षका व्यक्ति होस्टाइल भइदिँदा न्यायिक प्रक्रियामा समस्या आउने भएकाले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हौँ ।’ न्यायिक प्रक्रियाका लागि आफूहरूले सहयोग गर्ने उनीहरुले अधिकारकर्मीहरूले प्रतिबद्धता पनि जनाएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments