•  १० मंसिर २०८१, सोमबार
  •  1:13:48 AM

धरानमा सरकारमा रहेकै दलनिकट विद्यार्थी संगठन मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा

- जेष्ठ ११, २०७९ मा प्रकाशित



इटहरी: सुनसरीको धरानमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध सत्ता साझेदार दलकै भ्रातृ संगठन प्रदर्शनमा उत्रिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठन मूल्यवृद्धिको विरोधमा सडकमा उत्रिएको हो । प्लेकार्डसहित सडकमा उत्रिएका विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, गरीबमारा सरकार मुर्दावाद, मूल्य बढाउन पाइँदैन, जनता मार्न पाइँदैन, करको नाममा गरीब मार्न पाइँदैन, कमिसनखोर सरकार चहिँदैन, जनता बेच्न पाइँदैनजस्ता नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

शान्तिपथबाट सुरु भएको प्रदर्शन भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस एकाई अध्यक्ष युवराज राईले सरकारले मूल्य वृद्धि गरेर नेपाली जनताको ढाड सेकाएकोमा आक्रोश पोखे । सरकारले माागको सुनुवाइ नगरे आन्दोलनलाई देशव्यापी बनाइने उनको भनाइ थियो ।

Comments

सम्बन्धित खवर