•  १० मंसिर २०८१, सोमबार
  •  7:03:57 PM

सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

- जेष्ठ ११, २०७९ मा प्रकाशित



सर्लाही: सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गएराती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ । 

काँकरभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गएराती १ बजे पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको थियो । 

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर