मेचीनगरको नेतृत्व एमालको हातमा
- जेष्ठ १०, २०७९ मा प्रकाशित
झापा: मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे ।
नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नम्बर–६, ८ र १५ मा कांग्रेस र वडा नम्बर–१४ मा माओवादी केन्द्र विजयी बनेको छ ।
जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । तीमध्ये सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने ६ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ । -रासस
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments