पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
- जेष्ठ ९, २०७९ मा प्रकाशित
इटहरी: पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएपछि विद्यार्थी संगठनले विरोध जनाएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिण्डिर रु. २०० रुपैयाँ वृद्धि गर्ने नेपाल आयल निगमको निर्णयले सर्वसाधारण जनताको दैनिकी कष्टकर हुने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको हो ।
“स्थानीय तहको निर्वाचन सक्दा–नसक्दै सरकारले दुई पटक इन्धनको मूल्यवृद्धि गरी आम जनताको ढाड सेक्ने काम गरेको छ,” संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महामारीजस्ता विभिन्न विपद्बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बनेको छ ।” निगमले गरेको मूल्यवृद्धिको निर्णय आज मध्यरातिबाट लागु हुँदैछ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments