•  ११ मंसिर २०८१, मंगलवार
  •  8:27:05 AM

इटहरी उपमहानगर : कांग्रेसकाे गढ भत्काउदै अघि बढ्याे एमाले : कांग्रेसले दुइ वडा जित्दा ५ वडामा एमालेकाे जित

- जेष्ठ ५, २०७९ मा प्रकाशित



  • तेज बन 

इटहरी । स्थानिय निर्वाचन सम्पन्न भइ मत परिणामहरू सार्वजनिक भइरहदा सुनसरीको इटहरी उपमहानगरमा हाल सम्म ७ वटा वडाहरूको नतिजा सार्जनिक भएको छ । उपमहानगरको प्रमुखमा लोकतान्त्रिक गठवन्धन तथा नेपाली कांग्रेसका नगर सभापती हेमकर्ण पौडेलले अग्रता लिइरहेका छन भने उपप्रमुख तर्फ नेकपा एमालेकि नेतृ संगिता चौधरीले अग्रता लिएकि छिन । 

निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएको जानकारी अनुसार अहिले सम्म उपमहानगर अन्तरगत वडा नं १ , २ , ३ , १५, १८ ,१९,र २० को नतिजा सार्वजनिक भइसकेको छ । सार्वजनिक भएका ७ वटा वडाहरू मध्ये नेपाली कांग्रेसले २ वटा वडामा बिजयी हाशिल गरेको छ भने एमालेले ५ वटा वडाहरूमा बिजयी हाशिल गरेको छ । 

वडा नं एकमा नेपाली कांग्रेसका युवा नेता  रतन कार्कीले (कैलाश)   भारी मतका साथ बिजयी हाशिल गरेका छन । कार्किले १,७४७ मत प्राप्त गर भने उनका प्रतिद्वन्दि नेकपा एमालेका बिजय राइले ९३५ मत प्राप्त गरे । उक्त वडालाइ नेपाली कांग्रेसको गढ भनेर मानिदै आएको छ ।  ४१७७ मतदाता रहेका सो वडमा ३०९१ मत खसेको थियो ।

त्यस्तै वडा नं २ मा नेकपा एमालेको प्यानलै बिजयी भएको छ ।  एमालेका माधव कोइरालाले ३,२२७ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका राजु बस्नेतले २,८०३ मत प्राप्त गरे ।वडा नं २ एमालेको लाल किल्लाको रूपमा चिनिन्छ । कुल १०,५२६ मतदाता रहेको सो वडामा ७१३० मत खसेको थियो । 

त्यस्तै इटहरी उपमहानगरको वडा नं ३ मा पनि नेकपा एमालेको प्यानलै बिजयी भएको छ । नेपाली कांग्रेस आन्तरिक बिवादमा फस्दा त्यसको फाइदा उठाउदै एमालेले जित हाशिल गरेको हो । 

एमालेका उमेश सुवेदीले ९६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दि कांग्रेसबाट बागि उम्मेद्वारी दिएका तुला लिम्बुले ८६१ र कांग्रेसकै उम्मेद्वार वालकृष्ण बिस्टले ७३६ मत प्राप्त गरे । वडा नं ३मा २०७४ को स्थानिय निर्वाचनमा कांग्रेसले जित निकालेको थियो । कुल ३९४७ मतदाता रहेको सो वडामा २९३१ मत खसेको थियो । 

वडा नं १५ मा पनि नेकपा एमालेको प्यानलै बिजयी भएको छ । एमालेका जयनारायण चौधरीले ७६९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका श्रवण कुमार चौधरीले ५७२ मत प्राप्त गरेका छन । स्थानिय निर्वाचन २०७४ मा सो वडा नेपाली कांग्रेसले जितेको थियो । 

त्यस्तै वडा नं १८ मा नेकपा एमालेको प्यानलै बिजयी भएको छ । एमालेका  रामकुमार चौधरीले १,१६६ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए भने उनका प्रतिद्वन्दि माओवादि केन्द्रका  राजदेव चौधरीले ७१६ मत प्राप्त गरे ।कुल ३४८४ मतदाता रहेको इटहरी १८ मा २६५५ मत खसेको थियो ।

त्यस्तै इटहरी १९ मा पनि नेकपा एमालेको प्यानलै बिजयी भएको छ । एमालेका श्री नारायण चौधरीले  १,८८१ मत प्राप्त गर्दै विजयी भए ।उनका प्रतिद्वन्दि नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार दुर्गाप्रसाद पौडेलले १,७९२ मत पाए ।वडा नं १९ एमालेको लाल किल्लाको रूपमा परिचित छ । 

त्यस्तै इटहरी उपमहानगर २० मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । कांग्रेसका मणि श्रेष्ठले २,४०६ मत प्राप्त गर्दै विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजकुमार राईले १,५५८ मत प्राप्त गरे । वडा नं २० नेपाली कांग्रेसको गढ मानिदै आएको छ । ७,९७४ मतदाता रहेको सो वडामा ४९१६ मत खसेको थियो । 

निर्वाचन सकिए यता हाल सम्म ६ वटा वडाहरूको नतिजा सार्वजनिक भएका हुन । गणना भइरहेका अधिकांस वडाहरूमा पनि नेकपा एमालेले नै अग्रदा लिइरहेको अवस्था छ । स्थानिय निर्वाचन २०७४ मा नेपाली कांग्रेसले जितेको वडाहरूमा पनि नेकपा एमालेले अग्रता कायम गर्नु वा बिजयी हाशिल गर्नुले इटहरी नगरमा गठवन्धन बलीयो देखिएपनि वडामा कमजोर देखिएको आकलन गर्न सकिन्छ । 

Comments

सम्बन्धित खवर