•  १० मंसिर २०८१, सोमबार
  •  11:13:09 PM

रामधुनी ९ को वडा अध्यक्षमा कलमको तेव्बर बढी मतको अग्रता

- जेष्ठ ५, २०७९ मा प्रकाशित



इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ९ मा १ हजार ३ सय मत गणना भइसक्दा सम्म नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार घनश्याम चोधरीले तेव्बर मतले अग्रका कायम राखेका छन् ।

विहिबार विहान साढे ६ बजेसम्मको परिणाम अनुसार नेकपा एसका वडा अध्यक्ष उम्मेदवार घनश्याम चौधरीको ७१० मत आउँदा नेपाली कांग्रेसका उम्मेदवारको २४० मत पुगेको छ भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारको २१९ मत पगेको छ ।

हालसम्मको मत परिणाम हेर्दा नेकपा एकीकृत समाजवादीको प्यानलै अग्र स्थानमा आएको छ । महिला सदस्यमा नेकपा एसका उम्मेदवारको ६२३ मत आउँदा कांग्रेसकी उम्मेदवारको २७० र एमाले उम्मेद्वारको २४५ मत आएको छ भने दलित महिला सदस्यमा नेकपा एसको ५९७ मत आउँदा कांग्रेसको २८५ एमालेको २४५ मत आएको छ ।

उता खुल्ला सदस्यमा नेकपा एसका उम्मेदवारहरुको क्रमश ५८३ र ५१६ मत आएको छ भने सोही समयमा नेपाली कांग्रेसको २९६ र ३३५ आउँदा नेकपा एमालेको २४२ र २७१ मत आएको छ । रामधुनी ९ मा माओवादी वडा अध्यक्ष उम्मेदवारले ७ , राप्रपाले ५ र जसपाका उम्मेदवारले २ मत पाएका छन् ।

Comments

सम्बन्धित खवर