•  १० मंसिर २०८१, सोमबार
  •  11:12:25 PM

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङको अग्रता बढ्दै

- जेष्ठ ५, २०७९ मा प्रकाशित



इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।

हालसम्म २९ हजार चार सय ६९ मतको गणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । हालसम्म स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ आठ हजार पाँच सय नौ मतका साथ अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार किशोर राई आठ हजार तीन सय ६२ मतका साथ हर्कलाई पछ्याइरहेका छन् ।

यसैगरी, नेकपा एमालेकी उम्मेदवार तथा निवर्तमान मेयर मञ्जु भण्डारी ६ हजार आठ सय ५८ मतका साथ तेस्रो स्थानमा रहेकी छन् । उपमेयरतर्फ बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले नौ हजार चार सय ३० मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम इस्बो लिम्बूले नौ हजार ७९ मत प्राप्त गरेका छन् । कुल खसेको मतमध्ये ४६.८४ प्रतिशत मतको गणना सम्पन्न भई अन्य मतको गणना जारी रहेको निर्वाचन कार्यालय धरानले जनाएको छ ।

Comments

सम्बन्धित खवर