•  ११ मंसिर २०८१, मंगलवार
  •  8:23:07 AM

लेटाङमा गठवन्धनलाइ धक्का : एमालेले पायाे प्रमुख, उपप्रमुखसहित २ तिहाइ बहुमत

- जेष्ठ ४, २०७९ मा प्रकाशित



इटहरी । मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले सानदार जित हात पारेको छ । अघिल्लो पटक नगर प्रमुखसहित बहुमत वडा गुमाएको एमालेले यसपटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका बाबजुद नगर प्रमुख, उपप्रमुख, ६ वटा वडाको प्यानल र एउट वडाको ४ जना सदस्य जितेको छ ।

एमालेले वडा नम्बर १, २, ३, ४, ५ र ७ मा प्यानलै जितेको छ भने वडा नम्बर ९ मा ४ जना सदस्य जित्दै दुई तिहाइ बहुमत प्राप्त गरेको छ । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका नेकपा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्र कुमार लावतीले उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकाललाई २ हजार ९४ को फराकिलो मतान्तरले पराजित गर्दै जित हात पार्नुभयो ।

यता उपप्रमुखा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा निवर्तमान उपप्रमुख समेत रहेकी कृष्णकुमारी निरौला पोखरेलले उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका कृष्ण प्रसाद लम्साललाई ४ हजार २ सय ७२ को फराकिलो मतान्तरले पराजित गर्नु भयो ।

प्रमुखमा विजयी भएका लावतीले १० हजार १ सय ५१ मत प्रप्त गर्नुभयो भने पराजित भएका ढकालले ८ हजार ५७ मत प्राप्त गर्नुभयो । यस्तै उपप्रमुखमा विजयी हुनु भएकी निरौलाले ९ हजार ३ सय ८३ मता पाउँदा पराजित भएका गठबन्धततर्फका लम्सालले ५ हजार १ सय ११ मत पाउनुभयो ।

यता लेटाङको वडा नम्बर ८ र ६ मा प्यानलै तथा ९ को वडाध्यक्ष भने गठबन्धनका उम्मेदवारले जित हात पारेका छन् । जसमध्ये वडा नम्बर ६ मा दलित महिला सदस्य रुख चिन्हबाट उम्मेदवारी दिनुहुने नेकपा माओवादी केन्द्रकी उम्मेदवारले जित हात पारिन् भने अन्य १३ जना नेपाली कांग्रेसबाट विजयी भएका छन् ।

Comments

सम्बन्धित खवर