•  १० मंसिर २०८१, सोमबार
  •  11:17:49 PM

रामधुनी ४ मा नेकपा एमालेको प्यानलको जित

- जेष्ठ ४, २०७९ मा प्रकाशित



इटहरी: रामधुनी नगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार कमल कार्कीको प्यानलनै विजयी बनेको छ ।

कार्कीले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवारलाई २२४ मतले पछाडी पार्दै विजयी भएका छन् । कार्कीले जम्मा १ हजार ६१० मत पाएका छन् ।

यसैगरी महिला सदस्यमा आमोदेवी चौधरीले १ हजार ५७५ मत ल्याएर विजयी बनेकी छन् । चौधरीले निकटतम प्रतिद्धन्दी भन्दा १२३ मत बढि ल्याइन भने दलित महिला सदस्यमा गौरी विकले १ हजार ६०१ मत ल्याएर विजयी बनेकी छन् । विकले २२२ मतको अन्तरले जित हासिल गरेकी हुन् ।

उता खुल्ला सदस्यमा पनि एमालेका खगेन्द्र पौडेल र रतनलाल चौधरी विजयी बनेका छन् । पौडेल र चौधरीले क्रमश १ हजार ६१४ र १ हजार ५२६ मत प्राप्त गरेका छन् ।

Comments

सम्बन्धित खवर