•  १० मंसिर २०८१, सोमबार
  •  11:41:38 PM

इटहरी १८ मा नेकपा एमालेको प्यानल विजयी

- जेष्ठ ४, २०७९ मा प्रकाशित



इटहरी: इटहरी उपमहानगरपालिका वडा नं. १८ मा नेकपा एमालेका रामकुमार चौधरीको प्यानलले जित निकालेको छ ।

चौधरी एक हजार एक सय ६६ मत प्राप्त गरी वडाध्यक्ष चयन हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजदेव चौधरीले सात सय १६ मत पाए । यस्तै, महिला सदस्यमा जस्मिन चौधरीले १,१९८ मत प्राप्त गर्दै विजयी भइन् ।

दलित महिला सदस्यमा रिंकु मोचीले १,१८६ मत प्राप्त गरिन् । खुल्ला सदस्यमा संगीतकुमार बस्नेतले १,१४४ मत प्राप्त गरेभने अम्बास मियाँले १,१३० मत प्राप्त गर्दैै विजयी भए ।

महिला सदस्यमा नेपाली कांग्रेसकी सर्वदा अधिकारी खत्रीले ७५५ मत प्राप्त गरिन् । यस्तै, पदमकुमारी विश्वकर्माले ७७५ मत प्राप्त गरिन् ।

खुल्ला सदस्यमा सरिलाल चौधरीले ८०२ मत प्राप्त गर्दा खुल्ला सदस्यमै माओबादी केन्द्रका हेमन्त राईले ६८५ मत प्राप्त गरे ।

Comments

सम्बन्धित खवर