•  १० मंसिर २०८१, सोमबार
  •  11:47:08 PM

पाँचथरको तुम्वेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै गठबन्धनको पोल्टामा

- जेष्ठ ३, २०७९ मा प्रकाशित



इटहरीः पाँचथरको तुम्वेवा गाउँपालिकामा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनले जित निकालेको छ । पालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

पालिका अध्यक्षमा कांग्रेसका बाबुराम खड्का २ हजार ७१८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका गोविन्दबहादुर तामाङले २ हजार ३११ मत प्राप्त गरे ।

उपाध्यक्षमा गठबन्धनबाट खड्गसुन्दर सम्वाहाम्फे २ हजार ७०८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नन्दकुमारी विश्वकर्माले २ हजार ९ मत प्राप्त गरेको निर्वाचन कार्यालय तुम्वेवाले जनाएको छ ।

Comments

सम्बन्धित खवर