•  १० मंसिर २०८१, सोमबार
  •  9:06:16 PM

कांग्रेसका विवश बने सुन्दरहरैंचा–२ का वडाध्यक्ष

- जेष्ठ ३, २०७९ मा प्रकाशित



इटहरीः मोरङको सुन्दरहरैंचा नगरपालिका २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

मंगलबार बिहान सम्पन्न मतगणनामा २६ वर्षीय विवश प्रधान १५७० मतसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झरीलाल माझीले १४६० मत प्राप्त गरे । दुवै उम्मेदवारबीच ११० मतको अन्तर रह्यो । यसैगरी माओवादी केन्द्रबाट महेशलाल माझीले १८५ मत पाए ।

त्यस्तै खुल्ला सदस्यमा काङ्ग्रेसकै ओम नारायण चौधरी र नन्द नारायण गच्छदार, महिला सदस्य सीता खवास, दलित महिला सदस्य प्रमीला कुमारी बिक निर्वाचित भए । यस अघि काङ्ग्रेसकै डोरीलाल चौधरीले वडाको नेतृत्व गरेका थिए ।

Comments

सम्बन्धित खवर