•  १० मंसिर २०८१, सोमबार
  •  9:21:10 PM

धरानको मेयरमा किशोर राई र उपमेयरमा बेघाको अग्रता

- जेष्ठ ३, २०७९ मा प्रकाशित



इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा बाम लोकतान्त्रिक गठबन्धनका मेयर उम्मेदवार नेपाली कांग्रेसका किशोर राई पाँच हजार एक सय ११ मतका साथ अग्रस्थानमा रहेका छन् ।

१७ हजार चार सय ९५ मतको गणना सम्पन्न हुँदासम्म स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४४५० मतका साथ राईलाई पछ्याइरहेको निर्वाचन कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । यसैगरी, तेस्रो स्थानमा रहेकी एमाले उम्मेदवार मञ्जु भण्डारीको चार हजार चार सय ३४ मत रहेको छ ।

यता, उपमेयरतर्फ पनि गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा पाँच हजार सात सय ६० मतका साथ अग्रस्थानमा रहेका छन् । एमाले उम्मेदवार पदम इस्बो लिम्बू पाँच हजार तीन सय ९९ मतका साथ बेघालाई पछ्याइरहेका छन् ।

Comments

सम्बन्धित खवर