•  ११ मंसिर २०८१, मंगलवार
  •  6:08:10 AM

काठमाण्डाैमा वालेनकाे चर्चा बढदै : १६ हजार मत गनिदा १० हजार बढि मत ,४ हजार ७८८ मतले पछि पर्दै एमालेका स्थापित

- जेष्ठ ३, २०७९ मा प्रकाशित



इटहरी । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् ।आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४९९ मत अन्तरले अगाडि छन् ।

केशव स्थापितले ५ हजार ४५३ र सिर्जना सिंहले ४ हजार ७४२ मत पाएकी छन् ।राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत र विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले १०७ मत पाएकी छन् ।

उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ४१९ मतसहित अग्रता कायम गरेका छन् ।सत्ता गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५७५ मत पाएका छन् । राप्रपाकी उम्मेदवार विनिता मगैयाको पक्षमा १ हजार ७०९ र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरको पक्षमा ४०४ मत पाएकी छन् ।

Comments

सम्बन्धित खवर