विराटनगरमा नागेश र शिल्पाकाे अग्रता कायमै : नागेस १७०० र शिल्पा २००० मतले अगाडि
- जेष्ठ ३, २०७९ मा प्रकाशित
इटहरी । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार प्रमुखमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले १ हजार ७०० र उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले २ हजार मतको अग्रता बनाएका हुन् ।
गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका कोइरालाले ७ हजार ५९१ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सागर थापाले ५ हजार ८२४ मत प्राप्त गरेका छन् । नागेशले सागरसँगको मतान्तर १ हजार ७६७ बनाएका छन् ।
प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ५४४ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रह्लाद प्रसाद साहले १ हजार ४५० मत प्राप्त गरेका छन् । लोसपा उम्मेदवार मृत्युन्जय कुमार मिश्रले १४७ मत पाएका छन् ।
विराटनगर महानगरपालिका उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले गठबन्धन उम्मेदवार अरमेन्द्र यादवसँगको मतान्तर २ हजार ९६ बनाएकी छन् । पछिल्लो मत परिणाम अनुसार कार्कीले ६ हजार ३३३ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेका जसपा महानगर समिति अध्यक्ष अमरेन्द्र यादवले ४ हजार २३७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा राप्रपा उम्मेदवार विन्दाकुमारी लुइटेल आचार्यले १ हजार ८०७ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ४८६ मत प्राप्त गरेकी छन् । लोसपा उम्मेदवार सहनाज खातुनको पक्षमा १९० मत परेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments