इटहरी १ मा नेपाली कांग्रेसका कैलाश कार्की विजयी
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः इटहरी उपमहानगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका रतन कार्की (कैलाश) विजयी भएका छन् ।
कार्कीले १,७४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी विजय राईले ९३५ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी कुमद चौधरीले १,५९३ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकै विष्णुमाया बिकले १,५४४ मत प्राप्त गर्दैै विजयी भइन् ।
यस्तै, खुल्ला सदस्यमा (१ चिह्न) मा कांग्रेसकै हरिहर चौधरीले १,४६७ मत प्राप्त गरेका छन् भने खुल्ला सदस्य (२ चिह्न) मा नेकपा एमालेका बेघबिक्रम घिमिरेले ९७२ मत प्राप्त गर्दै विजयी भएका छन् ।
महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मी चौधरीले १,१६० मत प्राप्त गरिन् । यस्तै, दलित महिला सदस्यमा १,०२६ मत प्राप्त गरिन् भने खुल्ला सदस्य (१ चिह्न) मा ज्ञानेन्द्र गौतमले १,०१५ मत प्राप्त गरे ।
उता, गठबन्धनबाट नेकपा माओबादी केन्द्रका जीवनाथ धमलाले भने ६२१ मत प्राप्त गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments